सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, ४ सञ्चालक निर्वाचित
काठमाडौं, असार ३ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को आठौँ विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ।
निर्वाचित सञ्चालकमध्ये संस्थापक सेयरधनी समूहबाट अनिलकुमार ज्ञवाली र सर्वसाधारण सेयरधनी समूहबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित तथा हिमादेवी खड्का केसी चयन भएका छन्।
सभाले बैंकको प्राथमिक पुँजीकोष अनुपात सुदृढ बनाउन, व्यवसाय विस्तार गर्न तथा जोखिम वहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुई अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ।
बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटिएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्