फिफा विश्वकप २०२६: जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरे

काठमाडौं, १ असार। अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन । अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ ।

इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्