इप्पानको नयाँ नेतुत्व चयन, अध्यक्षमा मोहनकुमार डाँगी
काठमााडौं, ३० जेष्ठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतुत्व चयन भएको छ । इप्पानको २४औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नयाँ नेतृत्वको चयन भएको हो । नयाँ नेतृत्वमा अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम डाँगी अध्यक्ष बनेका हुन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनको नतिजा सार्वजनिक गर्दै निर्वाचन समितिले नयाँ नेतृत्वको घोषणा गरेको हो।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा शंकर बस्याल २६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, ४ जनाको उम्मेदवारी परेको महिला सदस्य पदमा सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भए ।
नयाँ प्रस्तावित विधान अनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई मनोनयन गर्ने निर्णय भएको छ ।
बाहिर मिडियामा आएजस्तो उग्र विवाद नरहेको र आन्तरिक लोकतान्त्रिक अभ्यास र आपसी सल्लाहकै आधारमा यो बलियो कार्यसमिति बनेको इपानले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्