फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि सुरु हुँदै, मध्यराति १२:४५ बजे उद्घाटन
काठमाडौं, २८ जेष्ठ । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात विश्वव्यापी खेल विश्व कप आजदेखि सुरुहुँदै छ। विश्वका दुई सय भन्दा बढी देशले यो विश्वकपले विश्वको ध्यान केन्द्रीत गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।
फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ ।
विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा विश्वकपको २३औं संस्करण हो । सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आथित्यता गरेपछि फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात हुनेछ ।
विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा जम्मा भइरहेहका छन् । त्यसका लागि लाखौँ दर्शक प्रत्यक्ष रुपमा खेल हेर्न तयार छन् भने करौडौं दर्शक विभिन्न माध्यमबाट प्रत्यक्ष फुटबलको मज्जा लिनका लागि तयार छन् ।
र ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर यो फुटबल महाकुम्भका लागि तयार भएका छन् । फिफा विश्वकप २०२६ विश्वकपको अर्को संस्करण मात्र होइन । यो फुटबल इतिहासमै सबैभन्दा ठूलो र भव्य विश्वकप समेत बन्दैछ ।
फिफा विश्वकपको करिब एक सय वर्ष लामो इतिहासमा २३औं संस्करण अहिलेसम्मकै ठूलो र ऐतिहासिक छ । विश्वकप सुरु हुनुअघि नै यस संस्करणमा धेरै कीर्तिमानहरु बनिसकेका छन् । अब विश्वकप सुरु भएपछि मैदान भित्र फुटबल खेलाडीहरुले पनि अझ अरु कीर्तिमान थप्न सक्छन् ।
यो विश्वकप ठूलो छ कि यस पटक अहिलेसम्मकै धेरै टिम सहभागी हुँदैछ ।
यस पटकको मुख्य विशेषता भनेको विश्वकपमा अहिलेसम्मकै धेरै ४८ राष्ट्र सहभागी हुँदैछन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्र संयुक्त रुपमा आयोजक बनेका हुन् ।
यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ । जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो ।
फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाकाबाट ६(६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् ।
टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ ।
यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ राष्ट्रको अन्तिम स्क्वाड
जसमा यसअघि विश्वकप खेलेर उपाधि जितिसकेका २२ खेलाडी समेत छन् भने कम्तीमा एक पटक विश्वकप खेलेका ३५७ खेलाडी छन् । यस्तै ९८१ खेलाडी पहिलो पटक फिफा विश्वकपको अनुभव लिनका लागि तयार छन् ।
अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा खेलहरू आयोजना गरिनेछन् । विश्व फुटबलको इतिहासमा यो आयोजनालाई नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ । विश्वकपको ट्रफी कसले जित्ला भन्ने चासो बनेको छ ।





प्रतिक्रिया दिनुहोस्