वैशाखमा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो

जेष्ठ २६ काठमाडौं । वैशाख महिनामा मात्रै मुलुकमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यससँगै लगातार दोस्रो महिनादेखि मासिक रेमिटेन्स आप्रवाह २ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) कुल १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त भएको थियो।

यस आधारमा रेमिटेन्स आप्रवाह वार्षिक रूपमा ४१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

त्यसैगरी, सोही अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ रेमिटेन्स बाहिरिएको छ। अघिल्लो वर्षको यही अवधिमा ८ अर्ब ७१ करोड रुपैयाँ बाहिरिएको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ८५ हजार जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएकोमा चालु वर्षको १० महिनामा यस्तो संख्या ६ लाख ६१ हजारमा सीमित भएको छ।

मध्यपूर्व क्षेत्रमा उत्पन्न द्वन्द्व र केही समय वैदेशिक रोजगारीसम्बन्धी हवाई उडान प्रभावित भएका कारण श्रम स्वीकृति लिनेको संख्या घटेको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्