दक्षिण फिलिपिन्समा गएको भूकम्पप्रति नेपालको दुःख व्यक्त, पीडितप्रति ऐक्यबद्धता

जेष्ठ , २६ काठमाडौं । नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

नेपाल सरकारले प्राकृतिक विपत्तिको यस कठिन घडीमा फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ। साथै भूकम्पपछि अझै पनि बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र खोजी तथा उद्धार हुन सकोस् भन्ने कामना गरिएको छ।

वक्तव्यमा प्राकृतिक प्रकोपमा परी घाइते भएका सबै नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

परराष्ट्र मन्त्रालयले यस चुनौतीपूर्ण समयमा नेपाल सरकार र नेपाली जनता फिलिपिन्स सरकार तथा जनताको साथमा रहेको उल्लेख गर्दै विपद्को सामना गर्न फिलिपिन्सप्रति ऐक्यबद्धता र समर्थन रहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्