पुटिनद्वारा जेलेन्स्कीको वार्ता प्रस्ताव अस्वीकार
जेष्ठ २४, काठमाडौं ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि गरेको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्।
जेष्ठ २४, काठमाडौं ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि गरेको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्।
जेलेन्स्कीले खुला पत्रमार्फत हाल दुवै पक्षको नियन्त्रणमा रहेको सीमालाई आधार मानेर युद्ध अन्त्यबारे छलफल गर्न आग्रह गरेका थिए। उनले रुसको अर्थतन्त्र दबाबमा रहेको, सैन्य क्षति बढ्दै गएको र अन्तर्राष्ट्रिय असन्तुष्टि बढिरहेको उल्लेख गर्दै युद्ध अन्त्य गर्नु रुसकै हितमा हुने बताएका थिए।
जवाफमा पुटिनले भेटवार्ताको सम्भावना पूर्ण रूपमा ननकारे पनि त्यसका लागि आवश्यक आधार र तयारी हुनुपर्ने बताएका छन्। उनले आफ्नो उमेरको प्रसंग उठाइएकोमा पनि असन्तुष्टि जनाएका छन्।
पुटिनको प्रतिक्रियापछि जेलेन्स्कीले रुसले फेरि युद्धकै बाटो रोजेको टिप्पणी गर्दै उसमाथिको आर्थिक र कूटनीतिक दबाब अझ बढाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्