ट्रम्पले भने– इरानका सर्वोच्च नेतालाई भेट्न पाए गर्व लाग्छ
जेष्ठ, २२ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका सर्वोच्च नेतृत्वसँग भेट हुने अवस्था आए त्यसलाई सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा ट्रम्पले इरानी सर्वोच्च नेताका सम्भावित उत्तराधिकारी मानिने मुज्तबा खामेनी लाई भेट्न पाउँदा आफूलाई गर्व महसुस हुने बताएका हुन्।
उनले अमेरिका र इरानबीच कुनै समझदारी वा सम्झौता भएमा सर्वोच्च नेतासँग भेटवार्ताको सम्भावना रहेको उल्लेख गरे। “यदि हाम्रो भेट भयो भने म उहाँसँग सम्मानपूर्वक प्रस्तुत हुनेछु,” ट्रम्पले भने।
यसैबीच ट्रम्पले आफ्नो प्रशासनले इरानबाट संवर्धित युरेनियम प्राप्त गर्न सैनिक परिचालन गर्ने विकल्पबारे विचार गरेको खुलासा गरेका छन्। तर अन्ततः उक्त योजना कार्यान्वयन नगर्ने निर्णय गरिएको उनले बताए।
ट्रम्पको यो अभिव्यक्ति अमेरिका–इरान सम्बन्ध र इरानको आणविक कार्यक्रमलाई लिएर जारी कूटनीतिक बहसका बीच आएको हो।




प्रतिक्रिया दिनुहोस्