कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको मृत्यु
जेष्ठ २१ काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु भएको छ।
दर्जीको बिहीबार वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेका बेला निधन भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए।
परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालमा भर्ना गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दर्जी सुकुमबासी बस्तीबाट विस्थापित भएपछि कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनकी मृत्युबारे थप विवरण आउन बाँकी रहेको छ।




प्रतिक्रिया दिनुहोस्