कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकरदुई स्थानमा आज बिहान हल्का वर्षा
काठमाडौं, २१ जेष्ठ । हाल देशभर पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा भने पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ । बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकरदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेकोो महाशाखाले जनाएको छ ।
आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेश प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावनारहेकोो महाशाखाले जनाएको छ ।
त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । विभागले विपत्बिाट बच्नको लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया दिनुहोस्