जनकपुरधाम फलफूल मण्डी व्यवसायी धर्नामा, जग्गा खाली गराउने आदेशविरुद्ध विरोध
जेष्ठ, १९ काठमाडौं । जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू शुक्रबार धर्नामा बसेका छन्। व्यवसायीहरूले समय नदिई जग्गावाला र प्रहरी प्रशासनले बजार खाली गराउने प्रयास गरेको भन्दै विरोध जनाएका हुन्।
व्यवसायीहरू दुई दशकदेखि स्थानीय नवलकिशोर साहको आठ कठ्ठा जग्गा लिजमा लिएर फलफूलको थोक व्यवसाय गर्दै आएका थिए। तर पछिल्लो समय जग्गा भाडा र खाली गर्ने विवादले अदालतसम्म पुगिसकेको छ।
धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरसम्म पुगेको मुद्दामा उच्च अदालतले जग्गाधनीको पक्षमा फैसला गर्दै फलफूल मण्डी खाली गर्न गत बैशाखको पहिलो साता आदेश दिएको थियो। व्यवसायीहरूले अदालतको आदेशलाई सम्मान गर्दै बजार खाली गर्ने तयारीको कुरा गरेका छन्।
व्यवसायीहरूको धर्नाले व्यापारिक गतिविधि प्रभावित भएको छ। उनीहरूका अनुसार पर्याप्त समय नदिई बजार खाली गराउने प्रयासले व्यवसाय र रोजगारीमा असर पार्ने खतरा छ।
उपमहानगरपालिका र प्रशासनसँग विवाद मिलाउन व्यवसायी र जग्गावालाबीच वार्ता आवश्यक देखिएको छ।




प्रतिक्रिया दिनुहोस्