रास्वपाका सांसद मिङ्मा ग्याबु शेर्पालाई सगरमाथा आरोहणको सम्मान

जेष्ठ, १९ काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्को लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई मंगलबार सिंहदरबारमा सम्मान गरेका छन्।

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आयोजित कार्यक्रममा सांसद शेर्पालाई सम्मान गर्दै उनकी उपलब्धिलाई राष्ट्रिय गर्वको विषय भएको बताए।

सांसद शेर्पाले संघीय संसद्‍मा सांसदको रूपमा आएपछि संसद्को गरिमा उच्च बनाउन र नेपाललाई विश्वसामु चिनाउन संसद्को झण्डासहित सगरमाथा आरोहण गरेको बताए। उनले सगरमाथाले देशमा रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने पनि बताए।

३७ वर्षीय सांसद शेर्पा पर्वतारोहण क्षेत्रमा परिचित नाम हुन्। ‘मिङ्मा डेभिड’ नामले पनि चिनिने उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाएका छन्।

सभामुख अर्यालले सांसद शेर्पालाई विदाइ गर्दै नेपालको गौरव र पहाडी क्षेत्रको महत्व विश्वसामु चिनाउने कार्यमा योगदान पुर्‍याएको उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्