दिल्लीमा रवि लामिछानेको भव्य स्वागत, भाजपाका नेतासँग भेटवार्ता
जेष्ठ, १९ काठमाडौं । नयाँदिल्ली – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबारदेखि राजनीतिक भेटघाट सुरु गरेका छन्।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेको भाजपा केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। कार्यालय पुगेका उनलाई परम्परागत झाँकी, फूलमाला तथा स्वागत कार्यक्रममार्फत भाजपा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
भ्रमणका क्रममा लामिछानेले भाजपाका नेता नीतिन नविनसँग भेटवार्ता गरेका छन्। भेटमा दुई नेताबीच आपसी सम्बन्ध तथा राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
यस अवसरमा भाजपा नेताहरूले लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालयको संरचना, व्यवस्थापन प्रणाली तथा संगठनात्मक गतिविधिबारे जानकारी गराएका थिए।
रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध तथा दुई दलबीचको संवादका दृष्टिले महत्वका साथ हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्