ट्रम्पले नेतन्याहूलाई फोनमा थर्काए, इसराइली आक्रमण रोकियो

जेष्ठ, १९ काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई फोनमार्फत कडा ढंगले चेतावनी दिएका छन्। लेबननमा हिजबुल्लाहलाई लक्षित गर्दै इसराइलले आक्रमण तीव्र बनाएपछि ट्रम्प आक्रोशित भएका थिए।

अमेरिकी अनलाइन एक्सियसका अनुसार, फोन वार्तामा ट्रम्पले नेतन्याहूलाई “तिमी के गरिरहेका छौ?”, “तिमी पागल हौ?” जस्ता कडा शब्द प्रयोग गर्दै आक्रमण रोक्न दबाब दिएका थिए। फोन वार्ता पछि इसराइलले बेरूतमा हुने आक्रमणको योजना स्थगित गरेको जनाइएको छ।

ट्रम्पले यसअघि पनि इरानसँगको वार्ता जारी राख्न चाहँदै, अनावश्यक सैन्य कारबाही रोक्ने प्रयास गर्दै आएका छन्। अर्कोतर्फ, नेतन्याहूले दक्षिणी लेबननमा आफ्नो सैन्य अभियान जारी राख्ने स्पष्ट पारेका छन्।

जानकारी अनुसार, फोन वार्तामा ट्रम्पको मुख्य चिन्ता सर्वसाधारणमा भएको क्षति र यसले विश्वभर इसराइलको छवि नकारात्मक असर पर्ने विषयमा केन्द्रित थियो। यसअघि पनि ट्रम्प र नेतन्याहूबीच इरानमाथि आक्रमण गर्ने रणनीति र समयतालिका बारे तनावपूर्ण संवादहरू भएका छन्।

प्रतिक्रिया दिनुहोस्