तनहुँमा हुरीले सात ट्रान्सफर्मर जले, २० हजारभन्दा बढी उपभोक्ता प्रभावित
जेष्ठ, १९ काठमाडौं । जेठ १२–१३ गते परेको हुरीका कारण सात ट्रान्सफर्मर जलेपछि जिल्लाभर ६० ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको थियो। यसबाट करिब २० हजार विद्युत् उपभोक्ता प्रभावित भए।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर पवन पौडेलका अनुसार, ठूला क्षति भएका ठाउँमा मर्मत कार्य सकाइसकिएको छ र हाल विद्युत् प्रवाह पुनः सुरु गरिएको छ। हुरीले तनहुँसुर, साँघे, ऋषिङ, घिरिङ, भानु नगरपालिका र व्यास–१३ को पोखरीभञ्ज्याङ क्षेत्रमा बढी क्षति पुर्याएको छ।
हावाहुरीले ढालेका २६ वटा पोल पनि पुनः गाडिएको र जिल्लामा फैलिएको करिब २७ हजार किमी विद्युत् सञ्जालका कारण मर्मतमा चुनौती भएको उनले बताए। हुरी र वर्षाका कारण भएको सम्पूर्ण क्षतिको विवरण हाल सङ्कलन भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्