घरायसी विवादमा छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ
जेष्ठ १७, काठमान्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१५ मा घरायसी विवादका क्रममा छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ६३ वर्षीय डम्बर गिरी रहेका छन्। प्रहरीले उनलाई आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बाबु–छोराबीच घरायसी विषयमा विवाद हुँदा डम्बरले धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले डम्बरलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्