आज प्रतिनिधिसभा बैठक बस्दै, प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची
काठमाडौं, १७ जेष्ठ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ ।
आजको सभामा सुरुवातमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि साुंदहरूले आफ्ना संशोधनसहितका धारणा राख्नेछन् । त्यसपछि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।
यसबाहेक आज प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क ९तेस्रो संशोधन० विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
नियमावलीमा ३५ वटा संशोधन परेको छ ।
विपक्षी दलका सांसदहरूले संसदीय समितिको बैठक बस्न मन्त्रीको उपस्थिति अनिवार्य गर्ने, सांसद भएकै कारण अन्य कानुन नलाग्ने गरी नियमावली बनाउन नहुने, संविधान संशोधन कार्यविधिको हकमा नियमावलीमा प्रष्ट व्यवस्था राख्नुपर्ने लगायतका विषयमा संशोधन राखेका छन् ।
सत्तापक्षकै सांसदहरूले पनि भाषागत त्रुटिसहितका विषयमा संशोधन राखेका छन् । आजको बैठक बजेट भाषणपछि भएकाले अलि मत्पूर्ण रहेको छ ।
अजै अर्थ मन्त्री डा। स्वर्णीम वाग्लेले बजेट भाषणको बारे पत्रकार सम्मेलन दिउँसो तीन बजे राखेका छन् ।




प्रतिक्रिया दिनुहोस्