सरकारले पुसभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने

जेष्ठ १५, काठमाडौं । सरकारले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।

संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहितको यस्तो कम्पनी स्थापना गरिने बताएका हुन्।

अर्थ मन्त्रालयका अनुसार बैंक तथा वित्तीय संस्थामा देखिएको खराब कर्जा र निष्क्रिय सम्पत्तिको प्रभावकारी व्यवस्थापन तथा पुनर्संरचनाका लागि यो कदम चालिएको हो।

हाल केही वाणिज्य बैंकहरूमा खराब कर्जा ६ प्रतिशतभन्दा बढी पुगेको बताइएको छ, जसले वित्तीय प्रणालीमा दबाब बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्