खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

जेष्ठ १५, काठमाडौं — सरकारले बैंक तथा वित्तीय संस्थामा बढ्दो खराब कर्जा (एनपीएल) तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले पुस मसान्तभित्र विशेष कानुनी अधिकारसहित उक्त कम्पनी स्थापना गरिने बताएका हुन्।

उनका अनुसार बैंकिङ प्रणालीमा देखिएको खराब कर्जा र निष्क्रिय सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न नयाँ संरचना आवश्यक भएकाले यो कम्पनी गठन गर्न लागिएको हो।

हाल केही वाणिज्य बैंकहरूमा खराब कर्जा ६ प्रतिशतभन्दा माथि पुगेको सन्दर्भमा यसको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्