निजी–सरकारी साझेदारीमा ग्रीन युरिया मल उद्योग सञ्चालन गरिने
जेष्ठ १५,काठमाडौं — सरकारले ग्रीन युरिया मल उत्पादनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै कम्पनी मोडेलमा उद्योग सञ्चालन गर्ने व्यवस्था गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा ग्रीन युरिया मल उद्योग सञ्चालन गरिने बताएका हुन्।
निजी क्षेत्रलाई प्रोत्साहन गर्न खरिद ग्यारेन्टी सम्झौता गरिनेछ भने सहुलियत दरमा विद्युत उपलब्ध गराइनेछ। विगतका प्रयास असफल भएकाले अब सरकार निजी क्षेत्रसँगै अघि बढ्ने नीतिमा गएको हो।
यसैबीच, हरियो मल प्रवर्द्धनका लागि स्थानीय तहलाई ३६ करोड रुपैयाँ अनुदान विनियोजन गरिएको छ।




प्रतिक्रिया दिनुहोस्