ऊर्जा क्षेत्रका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन
जेष्ठ १५, काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण क्षेत्रमा ८५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले ऊर्जा पूर्वाधार विस्तार र विद्युत् आपूर्ति प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
उनका अनुसार उक्त बजेट ऊर्जा उत्पादन, प्रसारण लाइन विस्तार तथा वितरण प्रणाली निर्माणमा खर्च गरिनेछ।
यस्तै सरकारले ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भ गर्ने उद्देश्यसहित हेटौंडा मा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्ट पाइलट परियोजनाका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ।
सरकारले नवीकरणीय ऊर्जा प्रवर्द्धन, स्वच्छ ऊर्जा उत्पादन तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै ग्रीन हाइड्रोजन परियोजनालाई अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्