आगामी तीन वर्षभित्र १० वटा फुटबल रंगशाला स्तरोन्नति गरिने
जेष्ठ १५, काठमाडौं — सरकारले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
बजेट भाषणका क्रममा उनले खेलकुद पूर्वाधारलाई युवा विकास तथा स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति लिइएको उल्लेख गरे।
“खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिनेछ,” अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने।
सरकारको यो योजनाले राष्ट्रिय तथा स्थानीय स्तरका फुटबल प्रतियोगिता सञ्चालनमा सहजता आउने, खेल पर्यटन प्रवर्द्धन हुने तथा युवामा खेलकुदप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्