राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको अर्थमन्त्री वाग्लेको दाबी

जेष्ठ १५, काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै संघीय संसद्को संयुक्त बैठकमा उनले नेपाल अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उल्लेख गरे।

उनले भने, “मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ।”

अर्थमन्त्री वाग्लेले अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको दाबी गर्दै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको पनि बताए। उनका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सुधारमुखी नीति तथा कार्यक्रमसहित अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्