मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत, अर्थमन्त्री वाग्लेले ४ बजे संसदमा प्रस्तुत गर्ने
जेठ, १५ काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकमार्फत स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस वर्ष बजेट प्रस्तुत गर्ने क्रममा परम्परागत झोला बोक्ने अभ्यास तोडिएको छ। अर्थमन्त्री वाग्लेले झोलाको सट्टा सरकारको निशान छाप अंकित फाइलमा बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका हुन्।




प्रतिक्रिया दिनुहोस्