अर्थमन्त्री वाग्लेले परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट प्रस्तुत गर्ने

जेठ, १५ काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक विगतको परम्परा तोड्दै ब्रिफकेसको सट्टा नेपाली कागजको फाइलमा बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका छन्। मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि आज दिउँसो ४ बजे संसदमा बजेट वाचन गर्ने कार्यक्रम रहेको छ।

यसअघि नेपालमा बजेट सामान्यतया ब्रिफकेसमा ल्याउने परम्परा रहँदै आएको थियो, तर यसपटकको नयाँ शैलीलाई प्रतीकात्मक परिवर्तनका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्