इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन
काठमाडौं, १५ जेष्ठ । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् ।
समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।
इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ ।
गाजा समुद्र तटको किनारामा एक सानो क्षेत्रमा संकुचित भइसकेको छ । इजरायलले पहिले नै गाजा पट्टीको झण्डै ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेको अनुमान गरिएको छ ।
सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरू भएको दुई वर्ष लामो इजरायली सैन्य अभियानमा सानो तटीय क्षेत्रको ठूलो भूभाग खण्डहरमा परिणत भइसकेको छ । एजेन्सी




प्रतिक्रिया दिनुहोस्