अर्थमन्त्री डा.स्वर्णिम वाग्ले राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराए

काठमाडौं, १४ जेष्ठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३र८४ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

भेटमा अर्थमन्त्री डा।वाग्लेले संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२र८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि उनलाई हस्तान्तरण गरे ।

अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भोली ९जेठ १५ गते शुक्रबार० अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्