काभा महिला भलिबल: नेपालले आज माल्दिभ्ससँग खेल्दै
को काठमाडौं, १० जेष्ठ । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।
नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ ।
नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो ।
नेपाल दुई खेलबाट ४ अंकसहित समूह बी को दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूहचरणबाट बाहिरिसकेको छ । तुलानात्मक रुपमा कमजोर टोद्यद्वी माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्ने नेपालको लक्ष्य छ ।
नेपालका पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो ।
यस समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको ७ अंक हुनेछ र सेमिफाइनल पुग्न यस समूहको अर्को खेलको नतिजा कुर्नुपर्ने छैन ।
नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यस पटक युवा खेलाडीको बाहुल्य छ । टोलीमा ६ नयाँ खेलाडी समावेश भएकोमा ५ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् ।
आजै मध्यान्न १२ बजे समूह बी मा रहेको इरान र श्रीलंकाबीच खेल हुनेछ भने साढे २ बजे काजाखस्तान र बंगलादेशबीच खेल हुनेछ ।
काभा महिला च्याम्पियनसिपका सबै खेलहरु हिमालय स्पोर्ट्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।




प्रतिक्रिया दिनुहोस्