कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत गरेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति थापाले केन्द्रीय सदस्यमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरूलाई समेटेका हुन्।

गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा र कोइराला पक्ष सहभागी भएका थिएनन्। त्यसैले सभापति थापाले आज बसको केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत गरेका हुन् ।

सभापति थापाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ।

सभापति थापाले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र जीवन परियारलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यादव देउवा पक्ष र परियार कोइरालानिकट छन्।

विशेष महाधिवेशनपछि पहिलो पटक सभापति थापाले केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

गत पुसमा १३३ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएको थियो।

यस्ता छन् मनोनीत भएका सदस्यहरु

१. महेन्द्र यादव — धनुषा

२. जीवन परियार — कास्की

३. उमेश श्रेष्ठ — चितवन

४. रमेश रिजाल — पर्सा

५. सुजाता कोइराला — मोरङ

६. दिलेन्द्रप्रसाद बडू — दार्चुला

७. चन्द्रकान्त भण्डारी — गुल्मी

८. अजयकुमार चौरसिया — पर्सा

९. लक्ष्मी परियार — उदयपुर

१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु

११. दिनेशकुमार यादव — सप्तरी

१२. राजीव कोइराला — सुनसरी

१३. राजीव ढुंगाना — सुनसरी

१४. प्रा।डा। गोविन्दराज पोखरेल — प्यूठान

१५. सुशीला मिश्र भट्ट — कैलाली

१६. नागिना यादव — महोत्तरी

१७. दिनेश कोइराला — चितवन

१८.  डा। जीवन राना — कैलाली

१९. श्री सीता थपलिया  (उर्मिला)— धादिङ

प्रतिक्रिया दिनुहोस्