लिलामी सेयर बाँडफाँटमा नपरेको बेष्ट फाइनान्सको पैसा आजदेखि फिर्ता

काठमाडौं । बेष्ट फाइनान्सले सोमबारदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन थालेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामै रकम फिर्ता हुनेछ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्