उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी सुरु, वैशाख २१ गते निर्वाचन

काठमाडौं, १३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित भएको साधारणा सभा तथा निर्वाचनको नयाँ मिति तय गरिएको छ ।

महासंघले आफ्नो ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन यहि वैशाख २१ गते आयोजना गर्ने भएको भएको हो ।

महासंघले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि अब नयाँ मिति तय गरिएको हो।

नयाँ कार्यतालिकाअनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ। यस्तै निर्वाचन कार्यक्रम भने वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ।

महासंघले साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ। साथै सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत महासंघले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्