युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्दै
काठमाडौं, ८ बैशाख । युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ ।
यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु टोलीमाथि क्लिन स्वीप गर्ने रणनीतिमा हुनेछ ।
नेपालले पहिलो खेलको प्लेइङ–११ मा ४ खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बेन्चमा रहँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमले अवसर पाएका छन् ।
सन्तोषले टी–२०आईमा डेब्यू गर्न लागेका हुन् ।














प्रतिक्रिया दिनुहोस्