आयल निगमले फेरी डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

काठमाडौं, ३ बैशाख । नेपाल आयल निगमले फेरी डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको छ ।
निगमका अनुसार, ग्याँस र पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । निगमले घाटापुर्तीका लागि मुल्यवृद्धि गनुपरेको बताएको छ । तर यो भाडावृद्धिले सर्वसाधरण भने मारमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्