बढ्यो भाडादर, काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको न्यूनतम भाडा २४ रुपैयाँ

काठमााडौ., २८ चैत । बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको भाडादरः
उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ ।

० देखि ५ किलोमिटरसम्मस् २४ रुपैयाँ
० देखि १० किलोमिटरसम्मस् ३३ रुपैयाँ
० देखि १५ किलोमिटरसम्मस् ३९ रुपैयाँ
० देखि २० किलोमिटरसम्मस् ४४ रुपैयाँ
२० किलोमिटरभन्दा माथिस् ५० रुपैयाँ
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९(०१(०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्