बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । बसको ठक्करबाट बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको छ ।

बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्