मन्त्रालयगत बजेटको छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमाको बारेमा आजबाट मन्त्रालयगत शीर्षकमा छलफल लागि बोलाईएको बैठक सुरु भएको छ ।
बिहान ११ बोलाईएको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।
उक्त मन्त्रालय अन्तर्गत विभिन्न राजनीतिक दलका छ जना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यक्रम छ ।

बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गर्नुभयो । विशेष समय लिएर बोल्ने क्रम जारी छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ र जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारीमा सरकार जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्