यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । अष्ट्रेलियन डलरको भाउ बढ्दा युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ भने केही घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो पनि यही मूल्य कायम थियो ।
युरोपियन युरोको भाउ भने आज घटेको छ । आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा थियो ।
आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा थियो ।
आज स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा थियो ।
अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा थियो ।
अन्य विदेशी मुद्राको भाउ यस्तो छ
क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्