नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं, १७ चैत । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले १९ चैतको लागि दुबै सदको संसद अधिवेशन आह्वान गरेको छ । यसका लागि पनि पाटीको धारणा बनाउन बैठक ठाकिएको एक नेताले जनाकारी दए ।














प्रतिक्रिया दिनुहोस्