यस्तो छ, आजका लागि विदेशी मुदको विनिमयदर

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुदको विनिमयदर दर अनुुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । युरो, युके पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको थियो ।

आज युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा थियो ।

आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा थियो ।

आज स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा कायम गरिएको थियो ।

अष्ट्रेलियन डलरको मूल्य पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा थियो ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्