दाउन्ने सडकखण्डमा दुर्घटनामा परि तीन जनाको मृत्यु , १५ जना घाइते
काठमाडौं, १५ चैत । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं।को बस र ना।५ख २२७५ नं। को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिमले०ले जनाएको छ । बस काठमाडौंबाट रोल्पा जाँदै थियो ।
दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।
लुम्बिनी सिटी अस्पतालमा रहेका घाइतेहरू
१० बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं। २४ को मरिचमान घर्तीमगर
२० बस चालक ऐ। माडी बस्ने वर्ष अं।२४ को हिमाल घर्ती मगर
३० जिल्ला कञ्चनपुर कृष्णपुर गा।पा। ६ बस्ने वर्ष अं। २८ को लोकराज ओझा
४० ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न।पा। ७ बस्ने वर्ष २४ को सागर चौधरी
५० ऐ। बस्ने वर्ष १९ को जिवन चौधरी
६० जिल्ला काठमाडौ बस्ने वर्ष अं। २८ कि लक्ष्मी खत्री
७० जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं। १९ को किरण पुन मगर
८० ऐ। बस्ने वर्ष ४८ कि सुशिला नेपाली
९० जिल्ला रोल्पा माडि गा। पा। ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी
१०० ऐ। बस्ने वर्ष अं। ६२ को झुप बहादुर घर्ती
११० ऐ। ३ बस्ने वर्ष अं। ६२ को तिर्थ बहादुर पुन
१२० जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली
१३० १ जना महिलाको अ।बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेको एक जना
चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरु
१०जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ
२०पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं। २९ को आषिक गुरुङ














प्रतिक्रिया दिनुहोस्