राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय
काठमााडौं, १३ चैत। बालेन्द्र साहको नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी पाएका डा। स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । साथै, १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र ९ह्वाइटपेपर० तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् । ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने ।
उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । यसमा सबै पुराना कानुन संशोधन गर्ने ९१५ ऐन खारेज गर्ने० प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको हो ।
‘यसबाहेक अब हामी बजेटमा केन्द्रित हुन्छौं, निजी उद्यम सुरक्षाका लागि गर्न सकिने अध्ययन गर्न र ठूला आयोजनालाई तीव्र्रता दिन सहजीकरण गर्ने तयारी स्वरूप कार्यदल गठन गर्न लागेका हौं,’ अर्थमन्त्री वाग्लेले सञ्चारकर्मीहरूसँग भने ।














प्रतिक्रिया दिनुहोस्