तीन वटा फर्मलाई नगद जरिवाना सहित कारवाही

काठमाडौं, ११ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ती फर्महरुलाई कारबाही गरिएको हो ।

विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई १० हजार जरिवाना गरेको छ।

यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई पाँच हजार जरिवाना गरेको छ।

स्थलगत अनुमगनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो।

थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्