आउँदो हप्ता नयाँ सरकार बन्छ, प्रतिष्पर्धा आयो भन्ने चिन्ता व्यक्ति गर्न हुँदैन, सामना गर्नुपर्छ: अर्थमन्त्री खनाल
काठमाडौं, ४ चैत । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने खुलासा गरका छन् ।
नेपाल नागरिक लगानी कोषको ३६ औ वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए । साथै उनले आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए ।
उनले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिएको सबै सूचकलाइृ मध्यनजर गर्दै काम गर्ने उनले बताए । उनले यसको लागि सफलताको सदभाव समेत व्यक्त गरे ।
उनले कुनै पनि संस्थाको प्रतिष्पर्धा गर्न सक्नु पर्ने र प्रतिष्पर्धा आयो भन्ने चिन्ता व्यक्ति गर्न नहुने बताए । नागरि लगानी कोषको जस्तै प्रकृतिको काम गर्ने सामाजिक सुरक्षा कोष लागतय अन्य कोष स्थापनाले लगानीमा चुनौती आएको कोषका कार्यकारी निर्देशकको भनाईलाई जवाफ दिंंदै सो कुुुरा बताएका हुन् । आजको युग भनेको पतिष्पर्धा गर्ने युग भएकाले चिन्ता होक्ष्न सामना आग्रह गरे । लागनीको विविधिकरण आजको आवश्यकता भएको बताए । उनले चुनौतीलाई सामना गर्नु सक्नु पर्छ उनले भने यसको लागि कोष सक्षम रहेको बताए । सरकारले कऔं बैंक तथा वित्तिय संस्थालाई उद्धार गर्दै आएको र तर कोष आजसम्म पनि सबै चुनौतीलाई चिर्दै सफलता प्राप्त गरेकोकोले लगानीकर्ता कर्मचारीलाई गर्भ गर्न आग्रह गरे ।
उनले नागरिक लगानी कोषले भविष्यमा अन्य पेन्सन फन्ड म्यानेजमेण्ट कम्पनीहरूसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि संस्था र कर्मचारी दुवै खुला प्रतिष्पर्धाका लागि तयार रहनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्