भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय

काठमाडौं, २८ फागनु । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अत्यधिक देखिएको र मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्तिमा अवरोध सिर्जना हुन थालेपछि निगमले यो कदम चालेको हो ।

निगमका अनुसार छिमेकी राष्ट्र भारतमा समेत ग्यास वितरणमा समस्या आएको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्ताहरूमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर सञ्चय गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न निगमले फागुन २९ गतेदेखि लागू हुने गरी एउटा सिलिन्डरमा ७।१ केजी मात्र ग्यास भरेर आधा विक्री गर्ने भएको हो । मूल्य भने ९५५ रुपैयाँमा तोकिएको छ ।

निगमले आम उपभोक्तालाई बजारमा ग्यासको अभाव हुन नदिने र सबैको भान्सामा इन्धन पुर्‍याउने उद्देश्यले यो नीति ल्याइएको बताएको छ । हालको असहज परिस्थितिलाई हेरेर थोरै परिमाणमा धेरै उपभोक्तालाई ग्यास उपलब्ध गराउनु नै अहिलेको प्राथमिकता रहेको निगमको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्