लोकतन्त्रमा हार/जित स्वभाविक पक्रिया हो, आत्मसमीक्षा गर्दै अवसरमा बदलौं: काँग्रेस नेत्री क्षेत्री
काठमाडौं, २६ फागुन। नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागकी सचिव निर्मला क्षेत्रीले लोकतन्त्रमा हार र जित स्वभाविक पक्रिया भएको बताएकी छन् । हालै सार्वजनिक भएको चुनावी मतपरिणामप्रति प्रतिक्रिया दिँदै नेत्री क्षत्रीले राजनीतिक दल र कार्यकर्ताहरूलाई हार÷जितलाई समान रूपमा स्वीकार गर्न आग्रह गरेकी छन् ।
उनले लोकतन्त्रमा चुनाव स्वाभाविक प्रतिस्पर्धाको प्रक्रिया भएको उल्लेख गर्दै हारलाई निराशा नभई सिकाइको अवसरका रूपमा लिनुपर्ने बताइन् । क्षेत्रीका अनुसार प्रतिस्पर्धामा हार(जित हुनु सामान्य प्रक्रिया हो र राजनीतिमा पनि कहिले सफलता त कहिले असफलताबाट पाठ सिक्नुपर्ने अवस्था आउँछ ।
लुम्बिनी प्रदेश सभाकी पूर्वसदस्य समेत रहेकी क्षेत्रीले विशेषगरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई निराश र हताश नहुन आग्रह गर्दै आत्मसमीक्षाबाट नयाँ ऊर्जा सिर्जना गर्नुपर्नेमा जोड दिइन्। हारबाट पाठ सिकेर अझ संगठित, सक्षम र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, उनले जित पनि स्थायी नहुने भन्दै सफलता प्राप्त गर्दा घमण्ड नगर्न र हार्दा आत्मसमालोचना गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताइन् ।
राजनीतिमा स्वस्थ प्रतिस्पर्धा अपरिहार्य रहेको उल्लेख गर्दै क्षेत्रीले सबै राजनीतिक दललाई हार(जितलाई समान रूपमा स्वीकार गर्ने परिपक्वता देखाउन आग्रह गरिन् ।
नेपाली कांग्रेस महासमिति सदस्य क्षेत्रीले विशेषगरी हालको चुनावी परिणाममा उत्साहित देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले जितको उत्साहलाई उन्मादमा रूपान्तरण नगर्न र विपक्षी दललाई सम्मान गर्न आग्रह गरिन् ।
नेत्री क्षेत्रीले चुनावी परिणामले नेपाली कांग्रेसलाई आत्मसमीक्षा गर्ने अवसर दिएको बताउँदै सही ढंगले समीक्षा गर्न सके पार्टी अझ बलियो भएर जनतामाझ प्रस्तुत हुने विश्वास व्यक्त गरिन् ।
हार–जितलाई समान रूपमा स्वीकार गर्दै आत्मसमीक्षाबाट अघि बढ्ने संस्कारले मात्रै लोकतन्त्रलाई थप स्वस्थ र बलियो बनाउन सक्ने उनको तर्कछ । ।














प्रतिक्रिया दिनुहोस्