जेनजी अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति थापालाई समर्थन गर्न सर्लाही पुगे
काठमाडौं, २१ फागुन । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् ।
मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।
माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो ।
उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेनजी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् ।














प्रतिक्रिया दिनुहोस्