दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी नायब निरीक्षकको मृत्यु

काठमाडौं । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।
आफँैले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको हो ।  यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडाँैस्थित ग्राण्डी अस्पतालमा उपचार हँुदाहँुदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफँैले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्