मलामी बोकेर फर्केको जिप दर्घटना हुँदा १ मृत्यु, १३ घाईते

काठमाडौं । गुल्मीमा लामी बोकेर फर्कदै गर्दा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।

मलामी लिएर सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अन्तर्गत अर्खलेमा दुर्घटना हुँदा १ जनाको मृत्यु र १३ जना घाइते भएको हो ।
दुर्घटनामा कपिलवस्तुको बाडगंगा नगरपालिका स्थायी ठेगाना भएको रुद्रबहादुर डेगा (५५) को ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइृतेहुनेहरुमा धुर्कोट गाउँपालिका आत्माराम राना, रेसुङ्गा नगरपालिका–४ का देवराज पाण्डेय, डिलबहादुर दर्लामी, सन्तोष पाण्डेय, ध्रुव मरासिनी, मोहनविक्रम थापा गम्भीर घाइते रहेका छन् । उनीहरुको पाल्पा असपतालमा उपचार भइरहेको सोतले जनाएको छ । भो अन्य ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।
मंगलवार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको दासंस्कार गरेर फर्किने क्रममा बुधवार राति दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्