कांग्रेसको आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र घोषणा गर्ने मिति सर्याे

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए ।

शनिबार अबेर सूचना जारी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले आज हुने भनिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन्।

निर्वाचन आयोगले दलहरूलाई फागुन ४ गतेभित्र घोषणापत्र बुझाइसक्न भनेको छ।

कांग्रेसले भने ४ गते आयोगलाई बुझाउने र ६ गते मात्रै सार्वजनिक गर्ने तय गरेको प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

कांग्रेसले जनकपुरमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसको मधेस प्रदेश कार्यसमितिले फागुन ६ गते जनकपुरमा सभा गर्दैछ।

सोही सभामा घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। कांग्रेसले यसपालिको घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।

प्रतिक्रिया दिनुहोस्