नेप्से परिसूचक स्थिर, कारोबार सामान्य बढ्यो

काठमाडौं, २८ माघ । बुधबार नेप्से परिसूचक स्थिर छ। मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ८ अर्ब ६९ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३२९ वटा धितोपत्रको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्। यसदिन रिडी पावरको मूल्य सर्वाधिक ९।६७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३३४ रूपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, सिंगटी हाइड्रोपावरको मूल्य ८।६८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३२८ रूपैयाँ पुगेको छ। यसैगरी, सुपर माई हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ।

उक्त कम्पनीको मूल्य ६।३९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३५ रूपैयाँ पुगेको छ। यस्तै, शुभम पावरको मूल्य ६।२१ प्रतिशतले घटेर कित्ता ८०० रूपैयाँ कायम भएको छ।

बुधबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३३४ रूपैयाँ ४० पैसामा ६५ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३८५ रूपैयाँमा ६२ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।

यसमध्ये होटल्स तथ पर्यटन समूहको परिसूचक सर्वाधिक ०।६३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्